सम्पूर्ण बैंकवित्त र वित्तीय संस्थाले आफूलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्नुस्


Bankingkhabar /November 22, 2021

महाप्रसाद अधिकारी, (गभर्नर)

अहिलेकाे समय डिजिटलकाे युग हाे। हरेक समय परिवर्तन हुँदै प्रविधिमुखी बन्दै गएकाे छ र याे जरूरी पनि हाे। यसै अनुसार अहिले हरेक वित्तीय संस्थाहरूले डिजिटल प्रणालीमा आफूलाई रूपान्तरण गर्दै लैजानु पर्छ।

यसाे गर्न सकियाे भने मात्र डिजिटल भुक्तानी कारोबार बैंक तथा वित्तीय संस्थाबाट मात्रै नभई प्रत्येक नागरिकको हातबाट हुन सक्छ। यसै अवधारणा अनुसार नेपाल राष्ट्र बैंकले मताहतका सबै वित्तीय संस्थाहरूलाई प्रविधीमैत्री बनाउँदै सेवा प्रवाह गर्न प्रेरित गरेकाे छ।

अब सबै विद्युतीय भुक्तानीका उपकरणको प्रयोगलाई सहज, सुलभ र सुरक्षित बनाउन भुक्तानी कार्ड, रिटेल पेमेन्ट, क्युआर लगायतका विद्युतीय भुक्तानीका माध्यमबीच अन्तर–आबद्धता कायम हुनेछ।

यसै अनुसार नेशनल पेमेन्ट स्वीच नेपाल क्लियरिङ हाउसले पहिलो चरणमा नेपालभित्र हुने डिजिटल कारोबारको भुक्तानी गर्न तथा नेपालको आफ्नै भुक्तानी कार्डसमेत प्रयोगमा ल्याउने काम पुरा गर्दछ। यस अन्तर्गत दुई चरणमा कार्यान्वयन गर्ने काम गर्नेछ, पहिलो चरणमा कार्ड बाहेकका रिटेल, दोस्रो चरणमा कार्डको लागि नेशनल कार्ड स्वीच र नेपाल पेमेन्ट कार्डको लागि आवश्यक कार्य अघि बढाइनेछ।

यो प्रणालीमा सबै बैंक तथा वित्तीय संस्थाहरु आवद्ध भए मात्रै सफल हुन्छ। हामी यो प्रणालीको विस्तारको लागि पूर्ण सहयोग गर्न तयार रहेका छौं।

हामी अहिले २१ औँ शताब्दीमा छौं। यो समयसम्म आइपुग्दा डिजिटलाईजेशनले धेरै फड्को मारेको छ। सकभर म नोटमा सही गर्न नपरोस् भन्न चाहन्छु किनकी हामी प्रविधिको प्रयोगबाट क्यासरहित कारोबारमा पुग्नु पर्नेछ। त्यसो भएमात्रै राज्यलाई फाइदा पुग्नेछ। अर्कोतर्फ यसले बैंक, वित्तीय संस्था र स्वयम् ग्राहकलाई पनि फाइदा हुन्छ।

अब सबैले डिजिटल प्रविधि प्रयोग गरौँ। विद्युतीय माध्यमबाटै पेमेन्ट गरौँ, सेटप गरौँ । जुन कुरा राष्ट्र बैंकले विगतदेखि नै भन्दै आएको छ। डिजिटल प्रविधिको विकास २१ औँ शताब्दीले ल्याएको कुरा हो। हामी त्यति एक्स्ट्रा भएर आएको भने होइनाैं । क्रमशः समयले हामीलाई त्यो डाइरेक्सनमा लैजाने नै छ। यसमा सबैको साथ सहयोग अपरिहार्य छ। नेपाल सरकारले पनि ‘डिजिटल नेपाल फेमवर्क’ अगाडि ल्याइसकेको छ। त्यसमा कति फाइनान्सियल सेक्टर रिलेटेड विषयहरु पनि जोडिएका छन्। जसलाई राष्ट्र बैंकले अंगिकार गर्दै आएको छ।

धेरै अगाडि देखि हामीले कोर बैंकिङ एप्लिकेशन, कोर बैंकिङ सफ्टवेयर, बैंकिङ च्यानल, चेकमार्फत कारोबार गर्नुस् भन्दै आएका छौं। क्रमशः हामी चेकबाट पेयर डिजिटल माध्यमको प्रयोगमा गइसकेका छौं।

हामी डिजिटलाईजेशनलाई प्रमोट गर्छौं, इन्करेज गर्छौं। कुन हदसम्म, कतिसम्म हुन्छ रेगुलेटरको तर्फबाट गर्ने विकास र प्रमोशनको काममा हामी सधैँ दत्तचित भएर लागेका छौं। सबै पोलिसीहरु जुन मेन्ट्रो पोलिसी भनौं, वा रेक्सपेटिभ पोलिसीहरु। तिनीहरु गाइडेट भएको अवस्था छ। हामी मात्र होइनौँ कि संसार भरका वित्तीय सेक्टरसँग गाँसिएका सबै एजेन्सीहरु जे जति छन्, ती सबैले फाइनान्सियल इन्क्लुसनलाई अपरिहार्य ठानेका छन्। उदाहरणका रुपमा बाइ ल्याक्ट्रोल, इन्टरनेशनल मल्टि ल्याक्ट्रोल, एजेन्सीहरु, वर्ल्ड बैंक, आइएमएफ, जस्ता संस्थाहरु नै किन नहोस्। कुनै न कुनै रुपले फाइनान्ससियल रुपमा रिलेटेड खालको नीतिहरु लिएर अगाडि बढेका छन्। एक्सेस टु फाइनान्सका लागि पनि लिट्रेसी अपरिहार्य हुन्छ।

यो शताव्दीमा डिजिटलाईजेशन अनिवार्य सर्त भइसकेको छ। नेपाल राष्ट्र बैंकले पनि यही हिसाबले आफ्ना कार्यक्रमहरु, कार्य योजनाहरु अगाडि बढाउँदै आएको छ। राष्ट्र बैंकको ऐनमै सर्वसाधारण जनतामा विश्वास बढाउने, सुरक्षित र भरपर्दो भुक्तानी प्रणालीको व्यवस्था मिलाउने छ। त्यसमा जुन सुरक्षित, भरपर्दो भनिएको छ। त्यो विषय कुनै प्रडक्टहरु ल्याएर बैंकलाई यसो गर्नुस्, पीएसओलाई यसो गर्नुस् भनेको भरमा हुँदैन।

त्यसैले भरपर्दो र सुरक्षित भन्ने विषय लिट्रेसी हो। अहिले हामीले रेमिट्यान्स डाइरेट्ली वालेटमा आउने व्यवस्था, क्युआर मार्फत पसलमा पर्चेन्टहरुको व्यवस्था, होटल रेस्टुरेन्ट सबैतिर पेमेन्ट हुने व्यवस्था, बस पव्लिक ट्रान्सपोटमा डिजिटल मार्फत पेमेन्टको व्यवस्था गरेका छौं। तर त्यो सुरक्षित र भरपर्दो यो बेलासम्म मात्र हुन्छ जुन बेला हामीले सर्वसाधारणलाई, सबै प्रयोगकर्तालाई यी वस्तुहरुको विषय, प्रडक्टहरुको विषयमा पूर्णतया ज्ञान दिन सक्छौं। साक्षर बनाउन सक्छौं। त्यसैले यस विषयमा ज्ञान दिनु सबैभन्दा ठूलो कुरा हो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीद्धारा एक कार्यक्रममा व्यक्त बीचारका आधारमा 


सोसिअल मेडिया