Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

साधना लघुवित्त वित्तिय संस्था पाँचौं वर्षमा प्रवेश

२०७८ मंसिर ४ गते

बैंकिङ खबर।

०७४ मंसिर ३ गतेदेखि संचालनमा आएको राष्ट्रियस्तरको साधना लघुवित्त वित्तिय संस्था शुक्रबार पाँचौं वर्षमा प्रवेश गरेको छ । संस्थाको केन्द्रीय कार्यालय हारामटारीले केन्द्रीय कार्यालयसहित ९३ वटा शाखा कार्यालयहरु मार्फत विभिन्न कार्यक्रम गरि चौथो बार्षिकोत्सव मनाएका छन् ।

संस्थाको केन्द्रीय कार्यालयले आज शुक्रबार (मंसिर ३) संस्थाको संचालक समितिका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षतामा कार्यक्रम संचालन गरि गोरक्षनाथ वैदिक विद्यालय गोरखा, बालमन्दिर माध्यमिक विद्यालय गोरखा र मानवसेवा आश्रम गोरखालाई विभिन्न खाद्यान्न सहयोग सामग्रीहरु हस्तान्तरण गरेको छ।

खाद्यान्न सामाग्रीहरु चामल, दाल, चना, चिउरा, भुजा, पास्ता, मन्जन, आँटा, सेतो केराउ, खानेतेल, चाउचाउ, बिस्कुट चियापति र लताकपडाहरु संचालक समितिका अध्यक्ष कृष्णबहादुर थापा र प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले उक्त संस्थाहरुको प्रतिनिधीहरुलाई संयुक्तरुपमा हस्तान्तरण गरेको हो।

त्यसैगरि चौथो बार्षिकोत्सवको अवसरमै रौतहट जिल्लाको राजपुर न.पा.स्थित शाखा कार्यालय राजपुरले राजपुर बजार क्षेत्रमा फोहोर व्यवस्थापन गर्नका लागि डस्टवीन राजपुर न.पा.का मेयर शेख सकिललाई संस्थाको प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले हस्तान्तरण गरेका थिए।

संस्थाले हाल ३१ जिल्लामा ९३ शाखा कार्यालयहरु मार्फत ८४ हजार घरपरिवारलाई सेवा पुर्याउँदै आएको छ। त्यसैगरि लगानीमा रहेको कर्जा चार अर्ब २२ करोड भन्दा बढी र ग्राहक सदस्यहरुबाट एक अर्ब भन्दा बढी बचत परिचालन गरेको छ ।