कात्तिक महिनामा वाणिज्य बैंकको निक्षेप ३५ अर्बले घट्यो, कर्जा प्रवाह ३६ अर्ब १२ कराेड


Bankingkhabar /November 19, 2021

बैंकिङ खबर। गत कात्तिक महिनामा वाणिज्य बैंकहरुको निक्षेप ३५ अर्ब ३१ करोडले घटेको तथ्यांक छ। यस्तै एक महिनामा बैंकहरुको कर्जा प्रवाह भने ३६ अर्ब १२ करोड रुपैयाँ पुगेको छ।

नेपाल बैंकर्स संघका अनुसार २७ वाणिज्य बैंक मध्ये ८ वटा बैंकको निक्षेप संकलन बढेको छ। बाँकी बैंकहरूको घटेको छ। यस्तै कर्जाको माग ७ वटा बैंकमा घटेको र २० वटा बैंकमा बढेको छ। वाणिज्य बैंकहरुमा हाल कुल निक्षेप ४२ खर्ब ३३ अर्ब ३४ करोड रुपैयाँ छ।

बैंकहरुमा तरलता अभावका अधिकांश बैंकहरूले निक्षेपकाे व्याजदर बढाए पनि निक्षेप संकलन भने साे अनुसार भएकाे छैन।


सोसिअल मेडिया