Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

नेशनल माइक्रोफाइनान्सद्वारा ४५ प्रतिशत लाभांश घोषणा

२०७८ मंसिर २ गते

 बैंकिङ खबर।

नेशनल माइक्रोफाइनान्स लघुवित्तले शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बुधबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट ४० प्रतिशत बोनस शेयर र पाँच प्रतिशत नगद गरी कुल ४५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

उक्त प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै शेयरधीलाई वितरण हुनेछ। नेशनल माइक्रोफाइनान्सको हाल कायम चुक्ता पुँजी ४१ करोड ९० लाख ५३ हजार ५५२ रुपैयाँ छ।

शेयरधनीलाई बोनस वितरणपछि चुक्ता पुँजी ५८ करोड ६६ लाख ७४ हजार रुपैयाँ पुग्नेछ। अघिल्लो वर्ष यस लघुवित्तले २१ प्रतिशत बोनस शेयर र छ प्रतिशत नगद गरी कुल २७ प्रतिशत लाभांश वितरण गरेको थियो।