सुपर मादी हाईड्रोपावरले सेयर जारी गर्न प्रभु क्यापिटललाई दियो जिम्मेवारी


Bankingkhabar /November 17, 2021

बैंकिङ खबर । सुपर मादी हाईड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई ३१,५०,००० कित्ता शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्य अगाडी बढाउनको लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर प्रत्याभूतिमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता सम्पन्न भयो । सम्झौतामा सुपर मादी हाईड्रोपावर कम्पनी लिमिटेडलका तर्फबाट कार्यकारी अध्यक्ष पुष्प ज्योति ढुंगाना तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेज्यूले हस्ताक्षर गर्नुभएको छ ।
कम्पनीले कास्की जिल्लाको मादी नदीमा ४४ मेगावाट क्षमताकोे हाइड्रोपावर आयोजना निर्माण गरीरहेको छ । हालसम्म कम्पनीको ८० प्रतिशत भौतिक कार्य सम्पन्न गरेको र कम्पनीले शेयर निष्काशनको अनुमतीको लागि विद्युत नियमन आयोगमा निवेदन पेश गरिसकेको र तँहाको स्वीकृति पश्चात तुरुन्तै नेपाल धितोपत्र बोर्डमा शेयर निष्काशनको अनुमतीको लागि निवेदन पेश गर्ने कुरा कम्पनीका कार्यकारी अध्यक्ष श्री पुष्प ज्योति ढुंगानाले जानकारी गराउनुभयो ।

 

Spread the love

सोसिअल मेडिया