Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

नेपाल राष्ट्र बैंकद्धारा देशको आर्थिक प्रतिवेदन सार्बजनिक (पूर्ण पाठसहित)

२०७८ कार्तिक ३० गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले देशको आर्थिक अध्ययन प्रतिवेदन सार्बजनिक गरेको छ । राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको (आर्थिक वर्ष २०७८/७९ को तीन महिनाको तथ्याङ्कमा आधारित) रिपोर्ट सार्बजनिक गरेको हो । जसमा शोधनान्तर स्थिति रु.७६ अर्ब १३ करोडले घाटामा देखिएको छ ।भने रेमिट्यान्समा पनि कमी आएको छ ।

राष्ट्र बैंकद्धारा देशको आर्थिक अध्ययन प्रतिवेदन सार्बजनिक गरेको छ । राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको (आर्थिक वर्ष २०७८÷७९ को तीन महिनाको तथ्याङ्कमा आधारित) रिपोर्ट सार्वजनिक गरेको हो । जसमा शोधनान्तर स्थिति रु.७६ अर्ब १३ करोडले घाटामा देखिएको छ भने रेमिट्यान्समा पनि कमी आएको छ ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह ७.६ प्रतिशतले कमी आई रु.२३९ अर्ब ३२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.७ प्रतिशतले कमी आई २ अर्ब २ करोड कायम भएकोछ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.६ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ६६,३१६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९६.८ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा उल्लेख्य रुपमा वृद्धि भई ३४,८२३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७८.६ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ८.१ प्रतिशतले कमी आई रु.२६३ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १०.२ प्रतिशतले बढेको थियो ।

जसमा शोधनान्तर स्थिति रु.७६ अर्ब १३ करोडले घाटामा देखिएको छ भने रेमिट्यान्समा पनि कमी आएको छ ।

समीक्षा अवधिमा चालु खाता रु.१५१ अर्ब ७० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.३३ अर्ब ३८ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ९९ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २८ करोडले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४५.९ प्रतिशतले कमी आई रु.१ अर्ब ९२ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७३.५ प्रतिशतले वृद्धि भई रु.५ अर्ब ७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.३ अर्ब ५६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.२ अर्ब ९२ करोड रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.७६ अर्ब १४ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१०१ अर्ब ९ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८५ करोड १० लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ६४ करोड ३१ लाखले घाटामा रहेको
छ ।

वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.२४ प्रतिशत छ ।

 आयात ६३.७ प्रतिशतले र निर्यात १०९.५ प्रतिशतले बढेको छ ।
 विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ७.६ प्रतिशत र अमेरिकी डलरमा ७.७ प्रतिशतले घटेको छ ।
 शोधनान्तर स्थिति रु.७६ अर्ब १३ करोडले घाटामा छ ।
 कुल विदेशी विनिमय सञ्चिति १० अर्ब ९८ करोड अमेरिकी डलर रहेको छ ।
 संघीय सरकारको खर्च रु.२३४ अर्ब ५२ करोड र राजस्व परिचालन रु.२५५ अर्ब ४ करोड छ ।
 विस्तृत मुद्राप्रदाय २.२ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १७.९ प्रतिशतले बढेको छ ।
 बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १.२ प्रतिशतले बढेको छ र निजीक्षेत्रमाथिको दावी ७.८ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १७.२ प्रतिशत र निजीक्षेत्रमाथिको दावीको वृद्धिदर ३०.८ प्रतिशत छ ।

Ad