बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा ढिलाई भएको छ । सो पदका लागि करिव एक दर्जन आकाँक्षि सहभागि छन् । उनीहरुले आवेदन दिएको पनि केहीदिन भइसकेको छ ।
नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि करिव एक दर्जनले नाम अघि सारेका छन् । आवेदन दिनेमा सहकारी बोर्डका अनिल पौडेल, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपाल भट्ट, बीमा समितिका पूर्वअध्यक्ष चिरन्जीवी चापागाई, धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी, बोर्डकै उप–कार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेप्सेका पूर्वमहाप्रबन्धक सिताराम थपलिया, सेयर बजार विश्लेषक डा. केशवप्रसाद श्रेष्ठ, तथा सेयर बजार क्षेत्रकै जीवन अमगाई, सोही क्षेत्रका रमेश हमाल, अम्बिका शर्मा लामिछाने, कर्मचारी सञ्चय कोषका पूर्व कर्मचारी कृष्णप्रसाद आचार्य, तथा बिष्णु बस्यालले अध्यक्ष पदमा आवेदन भरेका छन् । उनीहरुमध्येबाट छनौट समितिले ३ जनाको नाम सिफारीस गर्ने र एक जनालाई मन्त्रीपरिषदले नियुक्ती गर्ने छ पूर्व अध्यक्ष भिष्मराज ढुङगाना बर्खास्त भएपछि उक्त पद खाली छ । अध्यक्षका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेललको संयोजकत्वमा अर्थसचिव मधुकुमार मरासिनी र प्रा नारायण पौडेल छन् ।
समितिले अध्यक्ष छनौटका लागि १५ दिनको समय दिएर सूचना आवेदन आह्वान गरेपछि करिव एक जर्दन सो पदमा सहभागि छन् । धितोपत्र ऐन २०६३ मा धितोपत्र अध्यक्षका लागि उच्च नैतिक चरित्र भएको नेपाली नागरिक हुनुपर्ने, धितोपत्र बजार व्यवस्थापन, पुँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तिमा ७ वर्षको पेशागत अनुभव हासिल गरेको व्यक्ति हुनुपर्ने प्रावधान छ । समितिले तीन जनाको नाम सिफारिस गर्ने छ भने मन्त्रीपरिषदले अध्यक्षमा एकजनालाई नियुक्ति गर्ने प्रावधान छ ।