Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बाउन्स चेक प्रकरणपछि बैंकिङ कसुरमा पोखराबाट एकजना समातिए

२०७८ कार्तिक २८ गते

बैंकिङ खबर । बाउन्स चेक काटेपछि प्रहरीले पोखरामा एकजनालाई पक्राउ गरेको छ । पोखरा १३ बाझापाटनका ३५ वर्षीय शंकर गुरुङलाई पक्राउ गरिएको हो । चेक बाउन्स भएपछि उनलाई बैंकिङ कसुरमा पक्राउ गरिएको हो । १३ लाख ८० हजारको चेक बाउन्सको उनीविरुद्ध उजुरी परेको थियो । उनलाई बैंकिङ कसुर मुद्दामा उच्च अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ । बाउन्स चेकका कारण पनि बैंकिङ कसुरमा कारबाही भोग्नेहरू दैनिक बढिरहेका छन्

Ad