Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

माउण्ट मकालुको ३ लाख ९० हजार कित्ता हकप्रद खुल्यो

२०७३ भाद्र १६ गते
सेयर:

माउण्ट मकालु डेभलपमेण्ट बैंकको १ बराबर १.५ अर्थात डेढ सय प्रतिशत हकप्रद शेयर विहिबारदेखि खुलेको छ । बैंकले १ सय रुपैयाँ अंकित दरका ३ करोड ९० लाख रुपैयाँ बराबरको ३ लाख ९० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । 

कसरी दिने आवेदन ?
हकप्रद शेयर निष्काशनका लागि बैंकले गत साउन २१ गते बुक क्लोज गरेको थियो । जसअनुसार साउन २० गतेसम्म कायम बैंकका शेयर धनीले मात्र हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् । बैंकको हकप्रदमा असोज १९ गतेसम्म आवेदन दिन पाइनेछ । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल रहेको छ । लगानीकर्ताले एनआइबिएल क्यापिटल र बैंकका शखा कार्यालय मार्फत आवेदन दिन सकिने बैंकले जनाएको छ ।

बैंकको हाल २ करोड ६० लाख रुपैयाँ चुक्तापूँजी रहेको छ । हकप्रद पश्चात बैंकको पूँजी ६ करोड ५० लाख रुपैयाँ पुग्नेछ । बैंकले गत आर्थिक बर्षमा ३९ लाख ८७ हजार खुद नाफा कमाएको थियो ।

mt makalu