बैंकिङ खबर । शुक्रबार बैंकर र अर्थमन्त्रीबीच छलफल भयो । अर्थमन्त्रीले बैंकरका कुरा सुने । बैंकरहरुले अधिकाँस पुरानै मागहरु दोहोराए । जुन माग बैंकरले लामो समयदेखि उठाउँदै आएका छन् । पुरा नहुने तर उठाइरहने बैंकरका पाँच मागहरु यस्ता छन् ।
बैंकिङ क्षेत्रका कैयौं व्यक्तिलाई हाल बैंकिङ कसुर लागेको छ । बैंकिङ कसूर ऐनमा हस्ताक्षर गरेकै कारण जेल जानुपर्ने अवस्था रहेको भन्दै यसको संशोधन गर्न पनि अर्थमन्त्रीसँग बैंकरहरुले माग गरेका छन् । यो माग उनीहरुले बारबार हरेक अर्थमन्त्रीसमक्ष उठाउँदै आएका छन् ।
स्थानीय तहमा जाने पैसाको शतप्रतिशत निक्षेपका रूपमा गणना गर्न पाउनुपर्ने । जुन हाल ५० प्रतिशत मात्र निक्षेपका रुपमा गणना गर्न पाइन्छ। यस्तो बजेट वार्षिक तीन खर्ब भन्दा बढी हुने गर्दछ ।
विदेशबाट आउने अनाबश्यक र यही उत्पादन हुने बस्तुको आयात रोक्नुपर्ने माग गरे । जुन माग बर्षैदेखि उनीहरुले अघि सार्दै आएका छन् । विदेशी आयात बृद्धि हुँदा एलसी मार्फत विदेशमा मोटो रकम जाने गर्दछ ।
नेपालमा हाल अन्य कर्पोरेट क्षेत्रलाई नाफाको २५ प्रतिशत कर लाग्ने गरेको र बैंकिङ क्षेत्रलाई ३० प्रतिशत लिँइदै आएकोमा बेंकरहरुको गुनासो छ । उनीहरुले यो विषयलाई बारबार उठाइरहँदा पनि सरकारले सुनुवाई गरेको छैन । नाफाको ३० प्रतिशत करलाई २५ प्रतिशतमा झार्न बैंकरहरुको माग छ ।
संसदमा रहेको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफीया) लाई अगाडि बढाउन माग गरेका छन् । जुन युवराज खतिवडा अर्थमन्त्री हुँदा संसदमा पेश भएको थियो ।