२०७३ भाद्र १६ गते

गुडविल फाइनान्सका सेयरधनीलाई खुसीको खबर ! आउँदैछ २५ प्रतिशत बोनस सेयर

goodwill financeगुडविल फाइनान्स कम्पनी लिमिटेडका सेयरधनीले २५ प्रतिशत बोनस सेयर पाउने भएका छन् । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई २५ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.३२ प्रतिसत नगद लाभांस दिने प्रस्ताव अघि सारेको हो । 

हाल ३६ करोड ३० लाख रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको वोनस सेयर वितरण गरेपछि पुँजी ४५ करोड ३७ लाख रुपैयाँ पुग्छ । कम्पनीले प्रस्ताव गरेको यो बोनस सेयर नेपाल राष्ट्र बैंकबाट अनुमति पछि साधारण सभाबाट पारित गरेपछि वितरण गरिनेछ ।