Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्रिय स्तरका विकास बैंक : कसको नाफा कति ?

२०७८ कार्तिक १७ गते

बैंकिङ खबर । चालु आबको पहिलो त्रैमासमा राष्ट्रिय स्तरका विकास बैंकले करिव डेढ अर्ब नाफा आर्जन गरेका छन् । हाल ८ वटा राष्ट्रिय स्तरका विकास बैंक छन् । बैंकहरुले हालै सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार ती बैंकहरुको १ अर्ब ५६ करोड ९१ लाख रुपैयाँ नाफा छ ।

विकास बैंकहरुमा सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बैंकको ३४ करोड ५५ लाख छ । सो नाफा अघिल्लो बर्षको भन्दा १७.४८ प्रतिशतले बढी हो । यस अवधिमा महालक्ष्मी विकास बैंकले २३ करोड ५ लाख, ज्योति विकास बैंकले २१ करोड ७८ लाख, तथा लुम्बिनी विकास बैंकले २१ करोड ३१ लाख, गरिमा विकास बैंकले १८ करोड ४४ लाख, कामना सेवा विकास बैंकले १७ करोड ५७ लाख र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १४ करोड ७३ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । राष्ट्रिय स्तरका बैंकमध्ये सबैभन्दा कम नाफा सांग्रिला डेभलपमेन्ट बैंकले ५ करोड ४४ लाख ३१ हजार रुपैयाँ नाफा कमाएको छ ।

Ad