बैंकिङ खबर । लगानी योग्य पुँजीको अभाव बढ्दै गएका बेला नेपाल राष्ट्र बैंकले २२ करोड रकम बैंकमा निक्षेप दिने भएको छ । राष्ट्र बैंकले सो बारे सूचना प्रकाशित गर्दै १ बर्षे अबधिका लागि निक्षेप दिने भएको हो । नेपाल राष्ट्र बैंकले २२ करोड ५९ लाख रुपैयाँ बैंक तथा वित्तिय संस्थालाई मुद्धतिमा दिने गरी सुचना निकालेको हो । सो रकममध्ये १८ करोड ९ लाख रुपैयाँ बराबरको मुद्दती निक्षेप वाणिज्य बैंकमा दिने भएको छ भने विकास बैंकमा ३ करोड ३८ लाख रुपैयाँ र वित्त कम्पनीमा १ करोड १२ लाख रुपैयाँ दिने भएको छ । त्यसका लागि बैंक तथा वित्तीय संस्थाले आबश्यक प्रकृया पुरा गरी आवेदन दिन सक्नेछन् । यस्तो आवेदन ब्याजदर समेत खुलाइ कात्तिक २३ गते दिउँसो २ बजे भित्र पेश गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ । राष्ट्र बैंकको यो निक्षेपले बैंकवित्तमा देखिएको तरलतालाई केही सपोर्ट मिल्ने छ ।
Banner News
नेपाल राष्ट्र बैंकले २२ करोड रकम बैंकवित्तलाई निक्षेप दिने (सूचनासहित)
२०७८ कार्तिक १७ गते