Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

एन आई एशिया लघुवित्तको वित्तीय साक्षरता तथा विउविजन वितरण कार्यक्रम

२०७८ कार्तिक १४ गते

बैंकिङ खबर । एन आई एशिया लघुवित्त वित्तीय संस्था लि. को आयोजनामा सुर्खेत जिल्लाको सिम्ता गाउँपालिकामा वित्तीय साक्षरता तथा विउविजन वितरण कार्यक्रम सम्पन्न भएको छ ।
एन आई सी एशिया लघुवित्त सल्लिबाजार उप–क्षेत्रिय प्रमुख भगत राज सुबेदी, उप–क्षेत्रिय कर्जा असुलि प्रमुख दिलिप पुन र जामुनेबजार शाखा कार्यालयका शाखा प्रमुख बिर बहादुर खत्री लगायतको उपस्थितीमा शाखा कार्यालयका करिब ६० जना सेवाग्राही सदस्यहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा शुभ दिपावली, छठ पर्वको शुभकामना आदान प्रदान तथा वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत बचत, कर्जा, खर्च व्यवस्थापन, उद्यमशीलता, पैसाको महत्व, वित्तीय साक्षरताको महत्व, कर्जा सदुपयोगिता, सफलताको कथा, कर्जा कारोबार गर्दा ध्यान दिनु पर्ने कुराहरु, असल तथा खराब ऋणीको परिचय, भाखा नाघेका कर्जा व्यवस्थापन लगायतका विषयमा छलफल तथा भिडियो सामाग्री समेत प्रस्तुत्त गरिएको थियो ।
त्यस्तै उक्त कार्यक्रममा उपस्थित सदस्यहरुलाई बैज्ञानिक तरिकाबाट मौसम अनुसारको तरकारी खेती गर्ने बारे स्थानिय स्तरकै कृषि प्रविधिकबाट प्रशिक्षण दिई उपस्थित सम्पुर्ण सदस्यहरुलाई प्याज, मुला तथा तरकारीको विउ विजन समेत वितरण गरिएको थियो ।
कार्यक्रमको समापन बोल्दै सल्लिबाजार उप–क्षेत्रिय प्रमुख भगत राज सुबेदीले कर्जा सदुपयोगिता गर्न साथै उत्पादनशिल क्षेत्रमा लिएको कर्जा उपभोग गर्न सुझाएका थिए । उनले सम्पूर्ण सहभागिहरुलाई बचत गर्ने बानीको बिकास, सामूहिक भावनको महत्व, साक्षी र जमानी बिचको फरक बारे जानकारी गराएका थिए । साथै, सदस्यहरुले लिएको कर्जाको सम्बन्धमा कुरा राख्दै समयमै कर्जाको सावाँ तथा व्याजको भुक्तानीका नगर्दा आई पर्ने विभिन्न कानुनी समस्याका बारेमा बुझाउदै त्यसो नगर्न सुझाएका थिए । यस्तै अनौपचारिक संस्थाबाट वित्तीय कारोबार गर्दा ठगिने प्रबल सम्भावना हुने भएकोले नेपाल राष्ट्र बैंक बाट वित्तीय कारोबार गर्न इजाजत प्राप्त संस्थाबाट मात्र कारोबार गर्न अनुरोध गरेका थिए ।