बैंकिङ खबर । बझाङ जिल्लामा हुलाक कार्यालय मार्फत संचालन भएको हुलाक बचत बैंकको रकम नपाएपछि बचतकर्ता आन्दोलीत भएका छन् । उनीहरुले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन्।
प्रमुख जिल्ला अधिकारी मोहन अधिकारी मार्फत बचतकर्ताहरुले नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउँदै हुलाक बचत बैंकमा आफूहरूले बचत गरेको रकम दुई वर्षदेखि नपाएको उल्लेख गरेका छन् । जिल्ला हुलाक कार्यालयका प्रमुख तथा केही कर्मचारीले मिलेमतो गरेर कर्मचारीको करिब पाँच करोड रुपैयाँ हिनामिना गरेको आरोप उनीहरुले लगाएका छन् । हाल हुलाक बचत बैंकमा कारोबार बन्द भएकाले झन्डै १७ सय बचतकर्ताहरूले रकम नपाएको भन्दै बचतकर्ताहरूले सम्वन्धित निकायमा पहल गरिदिन आग्रह गरेका छन् ।