Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

उन्नति सहकार्य लघुवित्तद्धारा ३२ प्रतिशत बोनस सेयरको प्रस्ताव

२०७८ कार्तिक १३ गते

बैंकिङ खबर । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले ३२ प्रतिशत बोनस सेयर घोषणा गरेको छ। धेरै बोनस घोषणा गर्नेमा सो लघुवित्त परेको छ । सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट सेयरधनीलाई उक्त बोनस लाभांश वितरण प्रस्ताव गरेको हो। १७ करोड ६१ लाख ६९ हजार ७०६ रुपैयाँ चुक्त पुँजी रहेको सो लघुवित्तको प्रस्तावित बोनस सेयर वितरणपछि चुक्ता पुँजी २३ करोड २५ लाख ४४ हजार रुपैयाँ पुग्नेछ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि आगामी साधारण सभाले पारित गर्ने छ ।