Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा आवेदन खुल्यो, कात्तिक २७ सम्म भर्न सकिने

२०७८ कार्तिक १३ गते

बैंकिङ खबर । सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन माग गरेको छ । सूचना मार्फत खुला प्रतिस्पर्धाबाट नेप्सेको सीईओको पदपूर्ति प्रक्रिया अगाडी बढाइने छ । आवेदकले चार्टड एकाउन्टेन्सी वा सो सरहको उपाधि हासिल गरेर पूँजी बजार, उद्योगरवाणिज्य, वित्त, लेखा, कानुन वा व्यवस्थापकमध्ये कुनै एक क्षेत्रमा एक वर्षको अनुभव भएको हुनुपर्नेछ । साथै लागि अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्त, लेखा, व्यवस्थापन वा वाणिज्य कानून विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातकोत्तर गरेको हुनुपर्ने उल्लेख छ । ३० वर्ष उमेर पुरा भएको र ६० वर्ष नपुगेको व्यक्ति सिइओ बन्न पाउने छ । कार्तिक २७ गतेसम्म आवेदन दिन सकिने छ ।

Ad