Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

पछिल्लो २ महिनाको निक्षेप संकलन र कर्जा प्रवाहको अबस्था यस्तो छ :

२०७८ कार्तिक ९ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले चालु आबको साउन र भदौ महिनाको रिपोर्ट सार्बजनिक गरेको छ । जस अन्तरगत निक्षप परिचालन र कर्जा प्रवाह बढेको पाइएको छ ।

निक्षेप परिचालन

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ०.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ०.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत
आधारमा २०७८ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २१.७ प्रतिशतले बढेको छ ।

२०७८ भदौमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपहरुको अंश क्रमशः ७.९ प्रतिशत, ३५.० प्रतिशत र ४९.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ७.५ प्रतिशत, ३२.६ प्रतिशत र ५०.९ प्रतिशत रहेको थियो ।

२०७८ भदौमसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४०.५ प्रतिशत रहेको छ । २०७७ भदौमसान्तमा यस्तो निक्षेपको अंश ४३.२ प्रतिशत रहेको थियो ।

कर्जा प्रवाह : 

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ५.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ०.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ३३.९ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ५.७ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह ६.१ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ५.४ प्रतिशतले बढेको छ ।

२०७८ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.९ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.२ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७७ भदौमसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.२ प्रतिशत र १२.८ प्रतिशत रहेको
थियो ।

आर्थिक वर्ष २०७८÷७९ को दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा ६.१ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ५.४ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ४.१ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ३.१ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ५.५ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ९.१ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ७.७ प्रतिशतले, ओभरड्राफ्ट कर्जा ६.६ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ३.३ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा ३.८ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ३.३ प्रतिशतले र हायर पर्चेज कर्जा ५.९ प्रतिशतले बढेको छ भने मार्जिन प्रकृति कर्जा २.१ प्रतिशतले घटेको छ ।

वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.४९ प्रतिशत छ ।
आयात ७५.९ प्रतिशतले र निर्यात ११५.४ प्रतिशतले बढेको छ ।

 विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ६.३ प्रतिशत र अमेरिकी डलरमा ५.८ प्रतिशतले घटेको छ ।
 शोधनान्तर स्थिति रु.८३ अर्ब ४१ करोडलेघाटामा छ ।
 कुल विदेशी विनिमय सञ्चिति ११ अर्ब १४ करोड अमेरिकी डलर रहेको छ ।
 संघीय सरकारको खर्च रु.८९ अर्ब ९४ करोड र राजस्व परिचालन रु.१६८ अर्ब ५८ करोड छ ।
 विस्तृत मुद्राप्रदाय ०.२ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय २०.९ प्रतिशतले बढेको छ ।
 बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ०.७ प्रतिशतले बढेको छ र निजीक्षेत्रमाथिको दावी ६.५ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर २१.७ प्रतिशत र निजीक्षेत्रमाथिको दावीको वृद्धिदर ३२.५ प्रतिशत छ ।

Ad