
बैंकिङ खबर । नेपाल लघुवित्त बैंकर्स संघको पन्ध्रौं साधारणसभा सम्पन्न भएको छ । २०७८ कात्तिक ५ गते होटल क्राउन इम्पेरियल, रविभवन, काठमाडौंमा सम्पन्न भएको उक्त साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथिसमेत रहनुभएका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले गर्नुभएको थियो ।
साथै, उक्त साधारणसभामा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक, देवकुमार ढकाल, नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल, नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधर, नेपाल लघुवित्त संघका अध्यक्ष जगतबहादुर पोखरेल तथा नेपाल लघुवित्त र्बैकर्स संघका पूर्व–अध्यक्षहरु, रामचन्द्र जोशी, धर्मराज पाण्डेले नयाँ गठित कार्यसमितिलाई बधाई तथा शुभकामना मन्तव्य व्यक्त भएको थियो ।
प्रमुख अतिथि, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले संघको नयाँ कार्यसमितिको चयन संस्थालाई संगठित बनाएर लैजान सक्ने खालको होस् भनेर शुभकामना दिनभयो । मिश्रले लघुवित्त संस्थाहरुको २०७८ असार मसान्तको कूल पूँजी कोष ३९ अर्ब, सदस्यहरुको निक्षेप १३० अब, अन्य संस्थाहरुबाट सापटी २०७ अर्बका साथै लगानीमा रहिरहेको कर्जा ३६६ अर्ब रहेको र गत आर्थिक वर्षमा धेरै संस्थाहरुले राम्रै व्यवसाय गरेको देखिएको बताउनुभयो । लघुवित्त क्षेत्रबाट आएका मागहरु सम्बन्धमा संघसंग छलफल गर्ने आश्वासन समेत दिनुभएको थियो ।

संघका अध्यक्ष वसन्तराज लम्सालको अध्यक्षतामा सञ्चालन भएको सभाको वन्द सत्रले आ।व। २०७७र७८ को वार्षिक प्रतिवेदन तथा लेखा परीक्षण प्रतिवेदन र २०७८र७९ को वार्षिक कार्यक्रम तथा बजेट पारित गर्यो । पन्ध्रैं साधारणसभाले आगामी दुई वर्षका लागि प्रकाशराज शर्माको नेतृत्वमा निर्विरोध नयाँ कार्यक्रसमिति चयन गरेको छ ।
नयाँ कार्यसमिति,
प्रकाश राज शर्मा अध्यक्ष, लक्ष्मी लघुवित्त वित्तीय संस्था लि., मिन बहादुर बोहरा उपाध्यक्ष धौलागिरी लघुवित्त वित्तीय संस्था लि., राम बहादुर यादव महासचिव नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि. प्रेम बहादुर पाठक कोषाध्यक्ष उन्नति सहकार्य लघुिवत्त वित्तीय संस्था लि., केशव कुमार पौडले सचिव सबैका लघुवित्त वित्तीय संस्था लि. श्रीराम पोखरेल सदस्य जन उत्थान लघुवित्त वित्तीय संस्था लि. गंगाधर पाण्डे सदस्य महुली लघुवित्त वित्तीय संस्था लि., प्रविण कुमार लामा सदस्य इन्फिनिटी लघुिवत्त वित्तीय संस्था लि. बद्रीप्रसाद दुलाल सदस्य आशा लघुवित्त वित्तीय संस्था लि., विनोद आचार्य सदस्य सिभिल लघुवित्त वित्तीय संस्था लि., बिमला योगी सदस्य जालपा सामुदायिक लघुवित्त वित्तीय संस्था लि. नयाँ कार्यसमितिमा निर्विरोध चयन हुनुभएको छ ।
नेपाल लघुवित्त बैंकर्स संघ छाता संगठनका रुपमा २०६३ सालदेखि लघुवित्त क्षेत्रको हकहीतका लागि सक्रिय रहँदैआएको छ र विद्यमान ७० मध्ये ५० वटा लघुवित्त सस्ंथाहरु यसका सदस्य छन ।




