केही बैंकहरुले व्याजदर बढाएर निक्षेप संकलन गरिरहेका बेला नेपाल राष्ट्र बैंकले ब्याजदर बृद्धिमा हस्तक्षेप गरेको छ । बैंकहरुले निक्षेपमा दोहोरो अंकको व्याजदर सम्म व्याज बढाएका थिए । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ३ बुँदे निर्देशन जारी गरी ब्याजदर बृद्धिलाई रोकेको छ । अब बैंकहरुले ब्याजदर परिवर्तन गर्दा एक महिनाको अन्तरमा १० प्रतिशतभन्दा बढी व्याज बढाउन पाइने छैन ।


