Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सप्तकोशी डेभलपमेन्ट बैंकले ११ प्रतिशत बोनस सेयरसहित नगद लाभांश दिने

२०७३ भाद्र १५ गते

saptakoshiबिराटनगरमा मुख्य कार्यालय रहेको सप्तकोशी डेभलपमेण्ट बैंकले आफ्ना शेयरधनीहरुलाई ११ प्रतिशत बोनस तथा कर प्रायोजनका लागि सबै शेयरधनीलाई ५ लाख ७८ हजार ९ सय ४७ रुपैंया नगद लाभांस बितरण गर्ने भएको छ । गत सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले लगानीकर्तालाई दिने लाभांसको यस्तो प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि आगामी साधारण सभाबाट पारित गराए पछि लगानीकर्ताले लभांस पाउने छन् । गत आर्थिक वर्षमा ९३ लाख ७८ हजार रुपैंया खुद नाफा कमाएको बैंकको चुक्ता पूँजी १० करोड रुपैंया छ ।