२०७३ भाद्र १५ गते

अघि बढ्यो माछापूछ्रे बैंकको हकप्रद निष्काशनको प्रक्रिया

maxaमाछापुच्छ्रे बैंकले ५० प्रतिशत अर्थात दुई बराबर एक हकप्रद शेयर निष्कासनको प्रक्रिया अगाडि बढाएको छ । बैंकले १ अर्ब ९३ करोड रुपैयाँ बराबरको हकप्रद जारी गर्न लागेको हो । यसका लागि बैंकले शेयर निष्काशन तथा विक्री गर्ने प्रयोजनको लागि सिभिल क्यापिटल मार्केट लिमिटेडलाई विक्री प्रवन्धक नियुक्त गरेको छ । उक्त सम्झौतामा वैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम र सिभिल क्यापिटल मार्केट लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पराग विष्टले हस्ताक्षर गरे । 

हाल बैंकको चुक्तापुँजी ३ अर्ब ८६ करोड रुपैयाँ रहेको छ । जसको ५० प्रतिशत अर्थात १ अर्ब ९३ करोड वरावरको हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रद शेयर वितरण भएपछि बैंकको चुक्तापुँजी ५ अर्व ७९ करोड हुनेछ ।