बैंकिङ खबर । सरकारले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गरेको छ। सर्वोत्तम सिमेन्टको सेयर विवादमा मुछिएका उनलाई मन्त्रिपरिषद् बैठकले बर्खास्त गरेको हो। न्यायिक छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा उनलाई गरिएको बताइएको छ । एक महिना अघि सरकारले उच्च अदालतका पूर्व न्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा अर्जुनकुमार खड्का र नारायणप्रसाद पौडेल सदस्य रहेको छानविन समिति गठन गरेको थियो। समितिले दुई साता अघि अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिवेदन बुझाएको आधारबाट ढुंगानाले गैरकानुनी रुपमा सेयर खरीद गरेको भन्दै मंगलबारको मन्त्रीपरिषद् बैठकले बर्खास्थ गरेको छ । अमेरिका बस्ने छोरी रेविका ढुंगानाका नाममा सेयर लिएको सार्वजनिक भएपछि अर्थमन्त्रालयले स्पष्टीकरण सोधेको थियो।
Banner News
सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गर्यो !
२०७८ आश्विन १९ गते