Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

गाउँपालिकाले खोलिदियो विद्यार्थीको बैंक खाता : प्रत्येक खातामा मासिक २५० जम्मा गरिदिने

२०७८ आश्विन १७ गते

बैंकिङ खबर । मुस्ताङ जिल्लाको लोघेकर–दामोदरकुण्ड गाउँपालिकामा अहिले विद्यार्थीको बैंक खाता अभियान सुरु भएको छ । लोघेकर–दामोदरकुण्ड गाउँपालिकाले ससाना विद्यार्थीको नाममा पनि बैंक खाता खोल्न सुरु गरेको छ । मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिकाले १२ कक्षासम्म गाउँमै पढाउन सबै विद्यार्थीको बैंक खाता खोलेर मासिक रकम जम्मा गरीदिने भएको हो । प्रोत्साहन मिलोस् भनेर १ देखि १० कक्षासम्मका विद्यार्थीको खाता खोलेर मासिक २ सय ५० रुपैयाँ गाउँपालीकाले नै जम्मा गरिदिने छ । चालु आर्थिक वर्षको सुरुदेखि नै लागू हुने गरी विद्यार्थीको खाता खोल्ने काम भइरहेको गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल बिष्टले बताए । मासिक २ सय ५० रुपैयाँका दरले एक वर्षसम्मको रकम एकमुष्ट जम्मा गरिदिने उनले बताए । गाउँपालिकाको शिक्षाको बजेट र आन्तरिक स्रोतबाट बैंकमा रकम जम्मा गरिने छ । यसमा विद्यार्थीको नाममा गाउँपालीकाले २ सय ५० रुपैयाँ र अभिभावकले २ सय ५० रुपैयाँ जम्मा गगरेर मासिक ५ सय रुपैयाँ खातामा जम्मा हुने छ । गाउँपालिकाभरीमा १० कक्षासम्म पढ्ने विद्यार्थीको संख्या २ सय जना छन् । नियमित पढाइ संचालनमा सहयोगी हुन तथा उच्च शिक्षामा आकर्षित गर्न यो योजना अघि सारिएको छ । यो अभियान विद्यार्थीलाई १२ कक्षासम्म स्थानीयस्तरमै पढाउने योजना हो ।

Ad