तिनाउ डेभलपमेन्ट बैंकले २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१५७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई सो नगद लाभांश दिने प्रस्ताव गरेको हो । सञ्चालक समितिको प्रस्ताव बैंक तथा वित्तीय क्षेत्रको नियामक नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारण सभाको अनुमोदनपछि मात्र कार्यान्वयनमा आउनेछ ।
युनाइटेड फाइनान्सले पनि २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद लाभांश दिने भएको छ । फाइनान्सको मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७२–७३ को नाफाबाट लगानीकर्तालाई सो नगद लाभांश दिने प्रस्ताव गरेको हो । सञ्चालक समितिको सो निर्णय नियामक राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्रै कार्यान्वयनमा आउनेछ ।



