September 30th, 2021

बीमा समितिले कोरोना बीमा बक्यौताबारे आबश्यक प्रकृया अघि बढाउने

बैंकिङ खबर । बीमा समितिले कोरोना बीमा बक्यौताबारे अध्ययन गरी आबश्यक प्रकृया अघि बढाउनेभएको छ । बीमा भुक्तानीको लागि आवश्यक पर्ने स्रोत साधन र उपाय अबलम्बन गरी आवश्यक प्रक्रिया अघि बढाउने तयारी गरिएको हो । यसअघि अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमा बक्यौता भुक्तानीका बारे बीमा समितिसँग छलफल गरेका थिए । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालसहितका पदाधिकारीहरूलाई बोलाएर कोरोना बीमा भुक्तानीको लागि आवश्यक पर्ने स्रोत साधन र उपायका विषयमा छलफल गरे । बीमा कम्पनीहरुले भुक्तानी गर्न बाँकी कोरोना बीमाको सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले छलफल थालेका हुन्। यस विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने तयारी भएको छ । विभिन्न बीमा कम्पनीहरुले बीमितहरुलाई ११ अर्बभन्दा बढी रकम भुक्तानी दिन बाँकी रहेको बीमा समितिले जनाएको छ । उक्त रकम भुक्तानी नभएको भन्दै बीमा गरेर कोरोना भएका व्यक्तिहरुले पटक पटक बीमा समितिको ध्यानाकर्षण गर्दै आएका mछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]