बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले २०० डलर भन्दा बढी नगद सटही नगर्न निर्देशन दिएको छ। राष्ट्र बैंकको बैंकिङ विभागले २०० डलरभन्दा बढी सटही सुविधा नदिन निर्देशन दिएको हो । राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जानेलाई प्रति व्यक्ति २०० डलर र पर्यटन भिसामा जानेलाई १५ सय डलर सटही सुविधा दिँदै आएको छ । पछिल्लो समय विदेशी मुद्राको सञ्चिति कम हुँदै गएको छ ।