September 29th, 2021

उन्नति सहकार्य लघुवित्तद्वारा मृतक सदस्यलाई बीमा रकम हस्तान्तरण

बैंकिङ खबर । रुपन्देहीस्थित उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय भलूहीले मृतक परिवारका सदस्यलाई बिमा रकम प्रदान गरेको छ । यस संस्थाले स्थानीय महिलाहरुको समुह बनाई उक्त समूह मार्फत विना धितो कर्जा प्रवाह गर्दै आएको छ । त्यसै अन्र्तगत तिलोत्तमा ११ स्थित उन्नति भूपु सैनिक ‘छ महिला’ समुहकी सदस्य मनकुमारी राना तथा देवदह १० स्थित उन्नति शान्तिटोल महिला समुहकी सदस्य ममता सार्कीको अल्पायूमै कालगतिले निधन भएपछि सदस्यले पाउने बीमा रकम आज एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।

मृतकको छोरा राज राना तथा मृतकको श्रीमान् कूलबहादुर सार्कीलाई बीमा बापतको रकम क्रमश रु २ लाख ६० हजार रुपैयाँ, र १ लाख ३० हजार रुपैयाँ मात्र शाखा कार्यालय भलूहीको निमित्त शाखा प्रमूख शारदा थापा र अनुगमन अधिकृत केदार राज जोशीले प्रदान गर्नुभएको थियो । संस्थाका अनुसार समुहका सदस्यले कर्जा लिए बापत बैंकको बीमा नियमअनुसार सदस्यको काल गतिमा मृत्यु भएमा १ सय ३० प्रतिशत र दुर्घटनामा मृत्यु भए २ सय ३० प्रतिशत क्षतिपुर्ति बापतको रकम दिने व्यवस्था गरिएको शाखाका कर्मचारी क्षितिज ढकालले जानकारी गराउनुभयो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]