September 29th, 2021

करिब ६ अर्ब रुपैयाँको आइपीओ पाइपलाइनमा

बैंकिङ खबर । बजारमा २० वटा कम्पनीले आइपीओ जारी गर्ने तयारी गरेका छन् । उनीहरु धितोपत्र बोर्डको अनुमति पर्खाइमा छन् । करिब ६ अर्ब रुपैयाँ बराबरको आइपीओ जारी हुने छ । जसअनुसार १२ वटा हाइड्रोपावर, ४ वटा लघुवित्त, २ वटा बीमा कम्पनी तथा २ वटा अन्य कम्पनी छन् । उनीहरुको ५ अर्ब ९० करोड बराबरको आइपीओ निष्कासन हुने छ । अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।
निवेदन दिनेमा सयपत्री हाइड्रोपावर, अपरसोलू हाइड्रो इलेक्ट्रिक कम्पनी, दोर्दी खोला जलविद्युत, विन्दबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, हिमालयन हाइड्रोपावर, अपर हेवाखोला हाइड्रोपावर, मोलुङ हाइड्रोपावर कम्पनी, इमर्जिङ नेपाल लिमिटेड छन् । उता उपकार लघुवित्त, जाल्पा सामूदायिक लघुवित्त, राष्ट्र उत्थान लघुवित्त पनि छन् । त्यसैगरी रियालबल लाइफ इन्स्योरेन्स कम्पनीले पनि आइपीओ निष्कासन गर्दैछ । यसैगरी डिस मिडिया नेटवर्क तथा आइएमई लाइफ इन्स्योरेन्सले आइपीओ निष्कासन गर्दैछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]