बैंकिङ खबर । राष्ट्र बैंकले असोज ७ गते ३००० करोड अर्थात ३० अर्बको रिपो जारी गर्ने भएको छ । बैंकिङ प्रणालीमा देखिएको तरलता समाधान गर्न नेपाल राष्ट्र बैंकले रु ३० अर्बको रिपो जारी गर्ने भएको हो । राष्ट्र बैंकले रिपोमार्फत ३० अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुलाई उपलब्ध गराउने छ । यसमा सहभागि हुन चाहने वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरुले अनलाइन मार्फत आबश्यक रकमको बिडिङ गर्नुपर्नेछ।