September 21st, 2021

राष्ट्र बैंकद्धारा लुम्बिनी प्रदेशको आर्थिक अध्ययन प्रतिवेदन सार्बजनिक (पूर्ण पाठ)

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले लुम्बिनी प्रदेशको आर्थिक अध्ययन प्रतिवेदन सार्बजनिक गरेको छ । जसमा लुम्विनी प्रदेशको आर्थिक अबस्था, सम्भावना, समस्या तथा वित्तीय अबस्था समेटीएको छ ।

लुम्बिनी प्रदेशमा १२ वटा जिल्लाहरु बर्दिया, बाँके, दाङ्ग, रुकुम पूर्वी, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची, पाल्पा, कपिलवस्तु, रुपन्देही र नवलपरासी पश्चिम रहेका छन । यस प्रदेशमा ४ उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका गरी कुल १ सय ९ वटा स्थानीय तहहरु छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्राप्त तथ्याङ्क अनुसार यस प्रदेशको क्षेत्रफल १७ हजार ८ सय १० वर्ग कि.मी रहेको छ । जस अनुसार यो प्रदेश छैठौ स्थानमा रहेको छ । यस प्रदेशले नेपालको कुल क्षेत्रफलको १२.१ प्रतिशत ओगटेको छ । यो प्रदेश ६ वटा पहाडी र ६ वटा तराईको जिल्लाहरु मिलेर बनेको छ । करीब ५४ प्रतिशत भूभाग तराई क्षेत्रमा पर्ने यस प्रदेशको पूर्वमा गण्डकी प्रदेश, उत्तरमा गण्डकी र कर्णाली प्रदेश, पश्चिममा सुदूरपश्चिम प्रदेशसँग सीमाना जोडिएको छ भने दक्षिणमा भारतसँग सीमाना जोडिएको छ । समथर जमीनदेखि सात हजार मिटरसम्म उचाई भएको हिमालसम्म यो प्रदेशमा रहेका छन् ।

राष्ट्रिय अर्थतन्त्रमा लुम्बिनी प्रदेशको क्षेत्रगत हिस्सा
केन्द्रीय तथ्याङ्क विभागको प्रारम्भिक तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७÷७८ मा यस प्रदेशको आर्थिक वृद्धि दर ३.९ प्रतिशत रहने अनुमान छ । प्रचलित मूल्यमा यस प्रदेशको कुल ग्रार्हस्थ्य उत्पादन ५ खर्व ९५ अर्ब पुगेको अनुमान छ । समीक्षा बर्षमा यस प्रदेशको कुल ग्रार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको ३१.९ प्रतिशत, उद्योग क्षेत्रको १४.८ प्रतिशत र सेवा क्षेत्रको ५३.३ प्रतिशत योगदान रहेको छ । समीक्षा वर्षमा मुलुकको समग्र कृषि उद्योग र सेवा क्षेत्रमा यस प्रदेशको अंश क्रमशः १७.४ प्रतिशत, १५.९ प्रतिशत र १२.३ प्रतिशत रहेको छ ।

अन्तरप्रदेश तुलना
प्रदेशहरुको समग्र आर्थिक अवस्था तुलना गर्दा आर्थिक वर्ष २०७७÷७८ मा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको हिस्सा सवैभन्दा धेरै ३७.७ प्रतिशत रहेको छ भने कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम ४.० प्रतिशत रहेको छ । त्यसपछि समग्र अर्थतन्त्रमा तेस्रो धेरै योगदान पु¥याउने लुम्बिनी प्रदेशको हिस्सा १४.० प्रतिशत रहेको छ । लुम्बिनी प्रदेशको कुल गार्हस्थ्य उत्पादन कर्णाली प्रदेशको तेब्बर भन्दा बढी र बागमती प्रदेशको करिब एक तिहाई जति छ । बृहत आर्थिक वर्गीकरण अनुसार कृषि क्षेत्रको उत्पादनमा प्रदेश १ को हिस्सा सबैभन्दा धेरै २१.५ प्रतिशत र कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम ५.२ प्रतिशत रहेको छ भने तेस्रो धेरै योगदान पु¥याउने लुम्बिनी प्रदेशको हिस्सा १७.४ प्रतिशत रहेको छ । उद्योग क्षेत्रको उत्पादनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी ३०.५ प्रतिशत रहेको छ भने कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम ३.३ प्रतिशत रहेको छ । त्यसपछि समग्र उद्योग क्षेत्रमा तेस्रो धेरै योगदान पु¥याउने लुम्बिनी प्रदेशको हिस्सा १५.९ प्रतिशत रहेको छ । सेवा क्षेत्रको उत्पादनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी ४६.७ प्रतिशत रहेको छ र कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम ३.७ प्रतिशत रहेको छ भने तेस्रो धेरै योगदान पु¥याउने लुम्बिनी प्रदेशको हिस्सा १३.३ प्रतिशत रहेको छ ।

EAR-lumbini-2078.06.05

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]