September 19th, 2021

सर्बोच्च अदालतद्धारा धितोपत्र बोर्ड अध्यक्ष ढुंगानालाई निलम्बन गर्नुको कारण माग

बैंकिङ खबर । सर्बोच्च अदालतले नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष भिष्मराज ढुंगानालाई निलम्बन गर्नुको कारण माग गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई असोज ५ गतेभित्र बोर्डका अध्यक्ष ढुंगानालाई निलम्बन गर्नुको कारण पेश गर्न आदेश दिएको छ । ढुंगानाले दर्ता गरेको रिटमा सुनुवाई गर्दैै सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो । निलम्बनविरुद्ध ढुंगानाले भदौ २३ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । सरकारले ढुंगानालाई निलम्बित गर्दै छानबिन समिति गठन गरेको थियो । सरकारले ढुंगानाबारे छानबिन गर्नका लागि उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा ३ सदस्यीय जाँचबुझ आयोग गरेको गरेको थियो । सेयर खरिद प्रकरणमा उनी विवादित बनेका हुन् । ढुंगानाले आइपीओ निष्कासन गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर छोरीका नाममा खरिद गरेको विषय विवादमा परेको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]