September 19th, 2021

नेशनल माइक्रोफाईनान्स लघुवित्तद्धारा बाढी पीडितहरूलाई राहत वितरण

नेश्नल माइक्रोफाईनान्स लघुवित्त संस्था हकुइ शाखा कार्यालयले पश्चिम नवलपरासीका बाढी पीडितहरूलाई राहत वितरण गरेको छ । बाढीबाट प्रभावित भएका आफ्ना सदस्यहरूलाई राहत सामग्री वितरण गरेको हो । संस्थाले बाढी बाट प्रभावित महिला सदस्यहरूलाई लक्षित गरी उनीहरूको जिविकोपार्जनको लागी उक्त राहत सामग्री वातरण गरिएको शाखा प्रमुख नारायणी थापाले जानकारी दिइन । उनको अनुसार जिल्लाको रामग्राम, सुनवल नगरपालिका, सरावल, पाल्हीनन्दन गाउँपालिका, रुपन्देहीको रोहिणी गाउँपालिकाका संस्थाका बाढी पीडित सदस्यहरूलाई राहत वितरण गरिएको बताइन।
 
राहत वितरणको क्रममा प्रतिव्यक्ति चामल २० किलो, नुन एक किलो, दाल किलो, तेल एक लिटर लगायत खाद्य सामाग्रीहरु वितरण गरिएको उनले बताइन । पाल्हीनन्दनमा ५ सय २६ जनालाई, रामग्राम नगरपालिकामा २ सय ९५ जना गरी आइतबार मात्रै ८ सय २१ जना सदस्यहरूलाई वितरण गरिएको र बाँकी पालिकाहरमा पनि क्रमशः वितरण गरिँदै जाने संस्थाको भलुवारी कार्यालयका अनुगमन अधिकृत पुष्पा पोखरेलले जानकारी दिइन । १५ सय ६० सदस्य रहेको यस संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना सदस्यहरूलाई लक्षित गरी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेकोमा केही दिन पहिले परेको अविरल वर्षाका कारण आएको बाढीमा परि प्रभावित भएका सदस्यहरूलाई राहत स्वरूप खाद्यान्न वितरण गर्न लागेको शाखा प्रमुख थापाले जानकारी दिइन ।
 
यो संस्थाको कार्यक्षेत्र पश्चिम नवलपरासीको रामग्राम, सुनवल नगरपालिका तथा सरावल र पाल्हीनन्दन गाउँपालिका रहेको छ भने रुपन्देहीको रोहिणी गाउँपालिकामा सेवा दिँदै आइरहेको संस्थाले जनाएको छ । संस्थाका कार्यकारी अधिकृत राम बहादुर यादवको अध्यक्ष तथा पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता दिपकको प्रमुख आतिथ्यमा राहत वितरण गरिएको थियो ।

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]