Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

परिसूचक बढेपनि बढेन मंगलबारको सेयर कारोबार, चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतले कमाए

२०७३ भाद्र १४ गते

economic (2)साताको आइतबारदेखि नै बढ्दो क्रममा रहेको सेयर बजार मंगलबार पनि बढेको छ । नेप्से परिसूचक २१.५४ अंकले बढेर १७८८.०८ अंकमा पुगेको छ । परिसूचक बढेपनि मंगलबार कारोबार रकम भने सोमबारको तुलनामा घटेको छ । सोमबार डेढ अर्बको कारोबार भएको बजारमा मंगलबार १ अर्ब ४५ करोड रुपैयाँ बराबरको पुँजी परिचालन भएको छ । चार घण्टाको अवधिमा १ सय ४२ वटा कम्पनीको १८ लाख ९७ हजार ८२ कित्ता सेयर ६ हजार ७ सय ९६ पटक खरिदविक्रि हुँदा कुल १ अर्ब ४५ करोड १२ लाख ४४ हजार ८ सय ४५ रुपैयाँको कारोबार भएको छ । 

मंगलबार कारोबार भएका सबै समूह बढेका छन् । बैंकिङ समूह २४.३ अंकले बढेको छ भने विकास बैंक १८.५ अंक र फाइनान्स ३.७८ अंकले बढेको छ । केही दिनदेखि ओरालो लागिरहेको जलविद्युत् समूह मंगलबार सबैभन्दा धेरै ९०.७१ अंकले बढेको छ । होटल समूह पनि केही दिनदेखि लगातार घटिरहेकोमा मंगलबार ११.९७ अंकले बढेको छ । बीमा, उत्पादनमूलक र अन्य क्रमशः १५.२६, ७२.१४ र ३.७६ अंकले बढेका छन् । 

बैंकिङ क्षेत्रको कारोबार रकम पनि बढेको छ । वाणिज्य बैंक समूहको पौने ७६ करोड रुपैयाँ बराबरको कारोबार हुँदा विकास बैंक समूहको पौने १७ करोड रुपैयाँ बराबरको पुँजी परिचालन भएको छ भने फाइनान्सको २ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबैभन्दा धेरै बढेको जलविद्युत् समूहको १० करोडमाथिको पुँजी परिचालन भएको छ । 

कम्पनीगत आधारमा हेर्दा धेरै कमाउने कम्पनीहरुलाई लिड गर्दै चिलिमे हाइड्रोपावरले पौने ९ करोडभन्दा माथिको पुँजी परिचालन गरेको छ । एनबी बैंक र सिटिजन्स बैंकको पनि ८ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । हिमालयन जेनेरल इन्स्योरेन्सको ७ करोड र लुम्बिनी जेनेरल इन्स्योरेन्सको ६ करोडमाथिको पुँजी परिचालन हुँदा एनएमबी बैंकको पौने ६ करोडभन्दा माथिको कारोबार भएको छ भने सिद्धार्थ बैंक, माछापूछ्रे बैंक, शिखर इन्स्योरेन्स, प्राइम कमर्सियल बैंक लगायतको ४ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । 

युनियन फाइनान्स, वोमी माइक्रोफाइनान्स, समिट माइक्रोफाइनान्स र राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले सम्पत्ति बढाए भने शाइन रेसुंगा डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र बोटलर्स नेपालको सेयरमूल्य क्रमशः ९.९६, ९.८१ र ९.५० प्रतिशतले बढेको छ । लक्ष्मी लघुवित्त र नयाँ नेपाल लघुवित्तका लगानीकर्ता ८ प्रतिशतभन्दा बढीका दरले कमाउँदा पाृखरा फाइनान्सका लगानीकर्ताले ७.२४ प्रतिशतका दरले कमाएका छन् । यीबाहेक २ कम्पनीको सेयरमूल्य ६ प्रतिशत, २ वकम्पनीको ५ प्रतिशत र ८ वटा कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले बढेको छ । 

जम्मा ३७ कम्पनीले अधिकतम ३.९२ प्रतिशतदेखि न्युनतम ०.०९७ प्रतिशतसम्म गुमाएका छन् । सबैभन्दा धेरै कमाउनेमा शिखर इन्स्योरेन्सका लगानीकर्ता छन् भने सबैभन्दा थोरै गुमाउनेमा नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ता छन् । कुल ६ वटा कम्पनीका लगानीकर्ताले ३ प्रतिशत, २ वटा कम्पनीका लगानीकर्ताले २ प्रतिशत र १३ वटा कम्पनीका लगानीकर्ताले १ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । १ प्रतिशतभन्दा कमका दरले गुमाउनेमा १६ वटा कम्पनी छन् । हिमालयन जेनेरल इन्स्योरेन्स, हामा मर्चेन्ट, युनाइटेड इन्स्योरेन्स, लुम्बिनी जेनेरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स लगायतका लगानीकर्ता गुमाउनेमा परेका छन् ।