Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

स्टक ब्रोकर नम्बर ५२ एक साताका लागि निलम्बित

२०७३ भाद्र १४ गते
सेयर:

brokerस्टक ब्रोकर नम्बर ५२ सुनधारा सेक्युरिटिज एक साताका लागि निलम्बित भएको छ । शेयर कारोबारको रकम समयमा सेटल नगरेका कारण सुनधारा सेक्युरिटिजलाई एक साताका लागि निलम्बन गरिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

पछिल्लो समय कारोबारको राफसाफ प्रणालीमा आएको चुस्ततासंगै अधिकांस ब्रोकरहरुले पनि समयमा नै कारोबार राफसाफ गराउँदै आएका छन् । तर प्रकृयागत ढिलासुस्ती र लगानीकर्ताबाट शेयर कारोबारको रकम संलनमा हुने ढिलासुस्तीका कारण पनि ब्रोकरहरु समस्यामा पर्दै आएका छन् । जसको शिकार लगानीकर्ताहरु पनि हुँदै आएका छन् । 

केही समय अघि मात्र अरुण सेक्युरिटिज र सनी सेक्युरिटिज पनि यस्तै प्रकरणका कारण एक साताका लागि आउट भएका थिए ।