मोबाइल बैंकिङ कारोबारको सीमा बढाइयो (विद्युतीय भुक्तानी नयाँ व्यबस्थाको पूर्ण पाठ)


Bankingkhabar /September 15, 2021

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाएको छ । भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरिएको हो । राष्ट्र बैंकले बैंक खाताबाट वालेटमा र वालेटबाट अन्य बैंक खातामा रकम पठाउँदाको सीमा बढाएको हो । प्रतिकारोबार २५ हजार रुपैयाँबाट बढाएर हाल प्रतिकारोबार ५० हजार रुपैयाँ, प्रतिदिन १ लाख रुपैयाँ तथा प्रतिमहिना ५ लाख रुपैयाँको सीमालाई १० लाख रुपैयाँ बनाइएको छ । एक वालेटबाट अर्को वालेटमा रकम पठाउँदाको सीमा भने यथावत नै राखिएको छ । जसमा हाल प्रतिकारोबार २५ हजार रुपैयाँ, प्रतिदिन १ लाख रुपैयाँ र प्रति महिना ५ लाख रुपैयाँ छ । वालेटमा यसअघि बढीमा २५ हजार ओभरनाइट रुपैयाँसम्म मौज्दात राख्न पाइनेमा अब ५० हजार रुपैयाँसम्म राख्न पाइने व्यवस्था गरिएको छ ।

nrb vuktani niti

सोसिअल मेडिया