इन्फिनिटी लघुवित्तमा नयाँ सञ्चालक नियुक्त


Bankingkhabar /September 14, 2021

बैंकिङ खबर । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी एकीकृत कारोबार पश्चात सञ्चालक समितिको २०७८ भाद्र २६ गते बसेको ७० औं बैठकले संस्थापक शेयरधनीहरुको तर्फबाट १ जना नयाँ सञ्चालकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १४ (२) (ख) अनुसार (साविक नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लि.का अध्यक्ष) रमेशकुमार कर्मचार्यलाई नियुक्त गरेको छ ।

नवनियुक्त सञ्चालकलाई संस्थाका अध्यक्ष खेमराज नेपालले पद तथा गोपनीयताको सपथ गराउनु भएको थियो । सपथ ग्रहण कार्यक्रममा नवनियुक्त सञ्चालकलाई संस्थाका अध्यक्ष, सञ्चालक, सल्लाहकारहरुबाट स्वागत तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।


सोसिअल मेडिया