September 14th, 2021

अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली : के हो ? कसरी हुन्छ कारोबार ?

बैंकिङ खबर । नेपाल क्लियरिङ हाउस लिमिटेड नेपाल राष्ट्र बैँकको मातहतमा रहेको एक पब्लिक कम्पनि हो । वि.सं. २०६५ साल मंसिर ९ गते यस कम्पनिको स्थापना गरिएको थियो । यसमा नेपाल राष्ट्र बैँक लगायत कमर्सियल बैँक, विकास बैँक, फाइनान्स र स्मार्ट च्वाइस टेक्नोलोजीज (एससीटी)को समतामूलक सहभागीता रहेको छ । बैँक तथा वित्तिय सेवाको प्रभावकारीता र उत्पादनलाई सुधार गर्दै उपभोक्ताका लागि एक सहज वित्तिय समाधान प्रदान गर्नको लागि एक प्रविधिमुखी सेवा यस कम्पनिले प्रदान गर्ने गर्दछ । बैँकका विभिन्न पूर्वाधारहरुमा खर्च नगरी सिधै प्रविधिको माध्यमबाट बील भुक्तानी गर्न सक्ने सुविधा यस कम्पनिले प्रदान गर्दछ । 

नेपाल क्लियरिङ हाउससँग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुले एक अर्काको खातामा भुक्तानी दिन र लिन गरिने कारोबार एवम् फछ्र्यौट व्यवस्थापनका लागि सञ्चालन गरिएको भुक्तानी प्रविधि नै अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली (NCHL-IPS) हो । कम्पनिको विद्युतीय भुक्तानी प्रणालीबाट ग्राहकले अनलाइनमार्फत या बैँकमा फर्म भरेर अर्को र्बैँकको खातामा रकम भुक्तानी दिन सक्नेछन् । 

हालसम्म यस प्रणालीमा ६० बैंक तथा वित्तीय संस्थासँग प्रत्यक्ष सदस्यको रुपमा र तीन रेमिट कम्पनीसँग अप्रत्यक्ष सदस्यको रुपमा सम्झौता गरिसकेको छ । गत भदौ एक गतेदेखि सञ्चालनमा आएको यस प्रणालीमा क वर्गका सबै बैंकहरु आवद्ध भइसकेका छन् । अन्य विकास बैंक तथा फाइनान्स कम्पनीहरुसँग पनि किलयरिङ हाउसले सो प्रणाली उपलब्ध गराउनेसम्बन्धि सम्झौता गर्ने क्रमलाई निरन्तरता दिइरहेको छ ।  

केके छन् सुविधा ?
अन्तर बैँक विद्युतीय भुक्तानी प्रणालीमार्फत कम्पनीसंग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबारहरु पूर्णा रुपमा संचालन गर्न सक्नेछन् । ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षाभत्ता, पेन्सनरतलब भुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्नेछन् । यस्ता कारोबारहरु उक्त प्रणालीमा चरणवद्ध रुपमा लागू हुने व्यवस्था गरिएको छ । उक्त प्रणालीमार्फत हुने कारोबार पारदर्शी हुने, अधिकतम संख्यामा हुने कारोबारहरु पनि सहजै गर्न सकिने, जोखिम न्यूनिकरण हुने लगायत अन्तराष्ट्रिय स्तरको प्रविधिमा आधारित आधुनिक भुक्तानी सेवाहरु समेत ग्राहकलाई प्रदान गर्न सकिने छ । हाल नेपाली रुपैयाँ लगायत तटोकिएका विदेशी मुद्राहरुका कारोबार गर्न सकिने प्रावधान रहेको छ । 

कसरी हुन्छ अन्तरबैंक विद्युतीय भुक्तानी ?
यस प्रणालीमा भुक्तानी दिने ग्राहकको निर्देशन अथवाभुक्तानी लिने ग्राहकको निर्देशनको आधारमा कारोबार गरिन्छ । भुक्तानी दिने ग्राहकले आफ्नो खाता रहेको बैंकलाई यस प्रणालीमा आवद्ध रहेको अरुन्य सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेको खातामा भुक्तानी दिन निर्देशन वा अख्तियारी दिएपछि भुक्तानी दिने ग्राहकको बैंकले NCHL-IPS मार्फत भुक्तानी पाउने ग्राहकको बैंकलाई निर्देशन पठाउँछ । भुक्तानी पािउने ग्राहकको बैंकले कारोबार निर्देशन प्राप्त गरेपछि तोकिएको निशिच्त समय अन्तरालमा नेपाल राष्ट्र बैंकबाट अन्तिम फछ्र्यौट तथा फरफारखको जानकारी आएपछि ग्राहकको खातामा निर्देशन बमोजिमको रकम जम्मा गर्दछ । यसरी भुक्तानी दिने ग्राहकले आफ्नो बैंकलाई दिएको निर्देशनको आधार NCHL-IPS मा गरिने कारोबारलाई डाइरेक्ट क्रेडिट कारोबार भनिन्छ । भुक्तानी दिने ग्राहकले आफ्नो खाता रहेको बैंकको शाखा वा बैंकले उपलब्ध गराएको अन्य कुनै माध्यमबाट यस्तो निर्देशन दिन सक्दछ । 

त्यसैगरी, भुक्तानी पाउने ग्राहकलाई भुक्तानी दिने ग्राहकले आफ्नो खाता रहेको बैंकबाट तोकिएको समय अन्तरालमा भुक्तानी रकम लिन दिएको मंजुरीनामाको आधारमा भुक्तानी लिने ग्राहकको बैंकले भुक्तानी दिने ग्राहकको बैंकलाई NCHL-IPS मार्फत निर्देशन पठाउँछ । यसरी कारोबारको निर्देशन प्राप्त भएपछि भुक्तानी दिने ग्राहकको बैंकले आफ्नो ग्राहकको खाता खर्च गर्दछ र तोकिएको निश्चित समय अन्तरालमा नेपाल राष्ट्र बैंकबाट अन्तिम फछ्र्यौट तथा फरफारखको जानकारी आएपछि भुक्तानी लिने ग्राहकको खातामा बैंकले निर्देशन बमोजिमको रकम जम्मा गर्दछ । यसरी भुक्तानी लिने ग्राहकले आफ्नो बैंकलाई दिएको निर्देशनको आधार NCHL-IPS मा गरिने कारोबारलाई डाइरेक्ट डेविट भनिन्छ ।

कसरी लिने सेवा ?
अन्तरबैंक विद्युतीय भुक्तानी कारोबारका लागि ग्राहकले आफ्नो बैंकमा भुक्तानी लिने र दिने दुबै पक्षको बैंक खाताको विवरण, कारोबारको किसिम, रकम लगायतका जानकारी उपलब्ध गराउनुपर्ने हुन्छ । यद्यपि, सम्बन्धि बैंकलाई कारोबार सम्पन्न गर्न अन्य कुनै विवरण अनिवार्य रुपमा आवश्यक भएमा त्यस्तो जानकारी थप माग गर्न सक्नेछ । 

NCHL-IPS मा आवद्ध बैंक तथा वित्तीय संस्थाहरुका शाखाहरुबाट दिउँसो एक बजेभित्र प्रणालीमा पेश गरिएो कारोबारहरु सोही दिनमा फछ्र्यौट हुने र एक बजेपछि पेश गरिएका कारोबारहरुको फछ्र्यौट अर्को कार्यदिनमा हुने व्यवस्था गरिएको छ । तर बैंकहरुले आाफ्नो व्यवस्थाअनुसार आन्तरिक समय सीमा निर्धारण गर्न सक्ने भएकाले कारोबार पेश गर्ने समय तालिकाको लागि ग्राहकले आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थामा सम्पर्क गर्नुपर्ने हुन्छ । 

यस प्रणालीमार्फत गरिने हरेक कारोबारमा ग्राहकलाई सामान्य शूल्क लाग्नेछ । यो शूल्क कारोबारको किसिम हेरेर भुक्तानीदिने वा लिनेमध्ये एक पक्षलाई लाग्नेछ । ग्राहकलाई लाग्ने सेवा शुल्कको थप जानकारीका लागि ग्राहकले आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थामा सम्पर्क गर्नुपर्नेछ । 

क्रेडिटर सूची र यसको काम
भुक्तानी पाउने ग्राहकको कारोबार सम्पन्न गर्न आवश्यक आवश्यक हुने बैंक खाता सम्बन्धि सम्पूर्ण विवरणहरु यस प्रणालीमा सूचिवद्ध गर्ने प्रक्रियालाई क्रेडिटर सूचीकरण भनिन्छ । यसरी सूचिकृत क्रेडिटरलाई NCHL-IPS बाट छुट्टै क्रेडिटर कोड प्रदान गरिएको हुन्छ । भुक्तानी दिने ग्राहकले आफ्नो बैंकलाई उक्त कोड मा उल्लेख गरेमा कारोबारको लागि भुक्तानी पाउने ग्राहकको आवश्यक विवरण स्वतः प्रणालीमा प्रतिबिम्बित हुने हुँदा भुक्तानी पाउने ग्राहकको सम्पूर्ण सम्पूर्ण विवरण छुट्टै दिइराख्नु पर्दैन । 

धेरै ग्राहक भएका र नियमित रुपमा भुक्तानी संकलन गर्नुपर्ने विद्यालय, कलेज, इन्टरनेट जस्ता साना तथा मध्यम किसिमका संस्थाहरुले आफ्नो बैंक खाता सूचिकृत गरी आफ्नो ग्राहकहरुलाई क्रेडिटर कोड उपलब्ध गराएमा आफ्नो भुक्तानी संकलन सरल र नियमित गर्न सक्छन् । क्रेडिटर सूचिकरण आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थामार्फत गर्न सकिन्छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]