नवील ब्यालेन्सड् फण्ड–३ मा माग गरिए भन्दा बढीको आवेदन


Bankingkhabar /September 13, 2021

बैंकिङ खबर । नवील म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना ‘नवील ब्यालेन्सड् फण्ड–३’ को प्रति इकाई मूल्य रु.१०/- दरको १०,००,००,००० (दस करोड) इकाई मध्ये न्यूनतम १,५०,००,००० (एक करोड पचास लाख) वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम १४ प्रतिशत इकाई कोष प्रवद्र्धक श्री नवील बैंक लिमिटेड र १ प्रतिशत योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई सुरक्षित गरी बाँकी रहेको ८,५०,००,००० (आठ करोड पचास लाख) इकाईमा सार्वजनिक निष्काशन गरेको तीन दिनमै माग भन्दाबढी इकाई खरिदका लागि आवेदन प्राप्त भएको जनाएको छ ।

सर्वसाधारण लगानीकर्ताहरुको उल्लेखनीय सहभागिता स्वरुप १,०४,७७९ (प्रमाणित हुन बाँकी समेत गरी) आवेदकहरुबाट करिब १२,६२,५५,०४० (प्रमाणित हुन बाँकी समेत गरी) बराबरको इकाई खरीदका लागि आवेदन परेको छ, जुन बिक्रीको लागि माग गरिएको आवेदन रकम भन्दा २५ प्रतिशत ले बढी आवेदन परेको छ । यो योजनाको बिक्री बन्द भने भोलि मात्र हुने भएकाले माथि उल्लेख गरिएको आवेदन संख्या अझ बढ्ने देखिएको छ ।


सोसिअल मेडिया