Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट १० अर्ब तरलता खिच्दै नेपाल राष्ट्र बैंक

२०७३ भाद्र १४ गते

नेपाल राष्ट्र बैंकले बुधबार १० अर्ब रुपैयाँ बराबरको तरलता बजारबाट खिच्ने भएको छ । राष्ट्र बैंकले सात दिने रिभर्स रिपोमार्फत सो अनुपातको तरलता प्रशोचन गर्न लागेको हो । बुधबार दिउँसो ३ बजे जारी गरिने उक्त रिभर्स रिपो आगामी भदौ २२ गते परिपक्व हुनेछ । अनलाइन विडिङ प्रणालीबाट मात्रै बोलकबोल गर्न पाइने उक्त रिभर्स रिपो खरिदमा क, ख र ग वर्गका बैंकहरुले सहभागीता जनाउन पाउनेछन् । नेपाल राष्ट्र बैंकले बजारमा तरलता (लगानीयोग्य पुँजी) बढी हुँदा प्रशोचन गर्ने र कम हुँदा बजारमा पठाउने गरेर तरलतामा सन्तुलन कायम गर्ने गर्दछ ।

reverse ripo