September 9th, 2021

भारतमा भन्दा नेपालमै शेयरधितो कर्जा धेरै !

बैंकिङ खबर । पछिल्लो समय नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जा (मार्जिन लोन) घटाएको विषयलाई लिएर गभर्नर विरुद्ध केही व्यक्तिले आन्दोलन गरे । तर छिमेकी देश भारतमा हाल नेपालमा कायम रहेको सेयर धितो कर्ता भन्दा धेरै गुणा कम धितो कर्जा छ । भारतीय केन्द्रीय बैंकले नेपालमा भन्दा धेरै कडाई गरेको छ । तथापी भारतको सेयर बजारमा राम्रै विस्तार भएको देखिन्छ । 

छिमेकी मुलुक भारतको भन्दा नेपालमा शेयर धितोकर्जाको सीमा धेरै रहेको छ । जहाँ नेपालमा भन्दा भारतको पुँजी बजार धेरै गुणा माथि रहेको छ । यति ठूलो पुँजी बजार रहेको देश भारतमा शेयर मार्जिन कर्जाको सीमा प्रति व्यक्ति २० लाख भारु छ भने ब्रोकरबाट बढीमा ५ गुणा अर्थात १ करोड भारुसम्म मात्रै शेयर धितोकर्जा लिन पाउने व्यवस्था रहेको छ । भारतका केही समय अघि शेयर धितो कर्जाको सीमा २ करोड भारुसम्म रहेको थियो । तर, यस्तो व्यवस्थाले कर्जा लिने व्यक्तिहरुले शेयर बजारमा म्यानुपुलेशन गरेको भन्दै नियामक निकायले १ करोड भारु सीमा तोकेको छ । पुँजीबजार एकदमै विकसित भएका देशमा शेयर धितो कर्जा कम रहेको र पुँजीबजार विकसित नभएको मुलुकमा प्रोशाहन बढाउनको लागि भए पनि बढी नै रहेको पूर्व गभर्नर नेपालले बताए । शेयर धितो राखेर मार्जिन प्रकृतिको कर्जा लिने केहि सयको सङ्ख्यालाई रोक्नका लागी ४ करोड र १२ करोडको सिमा तोकिएको स्पष्ट देखिएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार पनि १६२ जनाले १२ करोड भन्दा बढीको शेयरधितो कर्जा लिएका छन् । सेयर बजारमा सीमित व्यक्तिले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर बजारलाई आफ्नो स्वार्थ अनुकुल संचालन गर्ने काम रोकिने गरी ल्याएको नीति समग्रमा हेर्दा राम्रो रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]