September 8th, 2021

नबिल म्युचुअल फण्डले गरे लाभांश घोषणा, कुनको कति ?

बैकिङ खबर । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल इक्विटी फण्डले आफ्ना इकाई धनीहरुलाई आर्थिक वर्ष २०७७र७८ को लागि लाभांश घोषणा गरेका छन् ।

जस अन्तरगत नबिल ब्यालेन्स्ड फण्ड २ ले आफ्ना इकाई धनीहरुलाई ३५ प्रतिशत (कर सहित) र नबिल इक्विटी फण्डले ४० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको सञ्चालक समितिको भदौ २२ गते बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। यी दुई फण्डहरुको कोष प्रबर्द्धक नबिल बैंक लिमिटेड रहेको छ भने योजना यसको व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]