September 7th, 2021

डा. हरिहरदेव पन्तको छैटौं स्मृति दिवस, विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित

बैंकिङ खबर । डा. हरिहरदेव पन्तको छैटौं स्मृति दिवसका अवसरमा ‘समृद्धिको मार्गमा–२०७८’ पुस्तक लोकार्पण गरिएको छ । यही भदौं २१ गते आयोजना गरिएको भर्चुअल कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले ‘समृद्धिको मार्गमा–२०७८’ पुस्तक लोकार्पण गर्नुभएको थियो । लोकार्पण पश्चात प्रमुख अतिथिको मन्तव्यको क्रममा डेपुटी गभर्नर मिश्रले डा. हरिहरदेव पन्तको लघुवित्तप्रति अत्यन्तै समर्पण रहेको र उहाँले चालेका पाइलाहरुको अनुशरण गर्दै निरन्तरता दिनु नै उहाँप्रतिको सच्चा श्रद्धासुमन हुने बताउनुभयो ।

त्यस्तै उहाँले शैक्षिक, अर्थ तथा ग्रामीण विकासका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका व्यक्तित्वहरुलाई प्रोत्साहनस्वरुप पुरस्कार राख्नु आफैमा महत्वपूर्ण र सकारात्मक पक्ष रहेको समारोहमा उल्लेख गर्नुभयो । साथै डा. पन्त नेपालका फादर अफ माइक्रोफाइनान्स हुनुहुन्छ र भावी पुस्ताहरुले पनि उहाँको सहि विचारलाई अनुशरण गरी सम्बन्धित क्षेत्रको विकासको लागि अग्रसर हुनु पर्ने बिचार व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर गणेशबहादुर थापाले डा. हरिहरदेव पन्तको सरल व्यवहार, आत्मविश्वास र सिद्धान्तको आधारमा लघुवित्त संस्थाको अवधारणा छोडेर जानुभएको र यसलाई आत्मसाथ गरी निरन्तरता दिदैं जानु पर्ने बताउनुभयो । लघुवित्तले नै वास्तविक गरीवी घटाउँछ । लघुवित्त गरिबसंगै बस्छ, गरीव कै पिरमर्का बुझ्छ र लघुवित्त नै गरीबी घटाउन गरिवहरुप्रति समर्पित रहन्छ उहाँले भन्नुभयो ।

लघुवित्त बिषेशज्ञ डा. नरहरि ढकालले लघुवित्त कार्यक्रम तथा निर्धन उत्थानका बिषयमा सबै व्यक्ति जानकार रहेको र डा. हरिहररदेव पन्तकै मार्गदर्शनबाट लघुवित्त कार्यक्रम सञ्चालन भएको बताउनु भएको थियो ।

कार्यक्रममा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा डा. हरिहरदेव पन्त फाउण्डेशनका अध्यक्ष जनार्दन देव पन्तले प्रदेशस्तरमा उत्कृष्ट भएका लघुउद्यमीहरुलाई डा. हरिहरदेव पन्तको छैठौं स्मृति दिवसमा काठमाडौंमा उपस्थित गराउन कोरोना महामारी (कोभिड १९) को विषम परिस्थितिले गर्दा सम्भव नभएकोले सम्वन्धित उत्कृष्ट उद्यमीको वैंक खातामा पुरस्कार रकम पठाउने र स्थानीयस्तरमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका शाखा कार्यालयबाट पुरस्कार प्रदान गर्ने व्यवस्था मिलाइएको जानकारी गराउनु भयो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहमा ग्रामीण विकास र मौद्रिक अर्थशास्त्रमा उत्कृष्ट अंक ल्याई उत्र्तीण हुने सर्वोत्कृष्ट विद्यार्थीहरु क्रमशः नरेन्द्रराज पनेरु र दुर्गा श्रीस साथै आर्थिक क्षेत्रका सन्देशमूलक आर्थिक समाचार सम्प्रेषण गर्ने आर्थिक पत्रकार ममता थापालाई पुरस्कृत गरिएको जानकारी गराउनु भयो । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका अध्यक्ष शरदनिधि तिवारीले कार्यक्रमको अध्यक्षता तथा समापन गर्नु भएको थियो ।

त्यस्तै अन्य पुरस्कार तथा सम्मान पाउनेमा लघुउद्यमशील पुरस्कारबाट श्रीमती छलिमाया हाङवाङ, श्रीमती रिना देवी, श्रीमती पदमा गुरुङ पदमा गुरूङ, श्रीमती जुना गौचन, श्रीमती देवी कुमाल, श्रीमती पुष्पा नेपाली श्रीमती दुर्गा रजाली, दुर्गा रजालीलाई यस वर्षको “डा. हरिहरदेव पन्त उत्कृष्ट लघुउद्यमशील पुरस्कार २०७८” जनही रु.३० हजारसहित सम्मान–पत्र प्रदान गरिएको थियो ।

त्यस्तै आर्थिक क्षेत्रमा योगदान पु¥याउन विद्यार्थीको मनोवल बृद्घि गरी हौसला प्रदान गर्न निर्धन संस्थाद्वारा संचालित डा. हरिहरदेव पन्त शैक्षिक उत्कृष्टता पुरस्कारबाट (सन् २०१६–२०१८) सर्वाेत्कृष्ट स्थान हासिल गरेका नरेन्द्रराज पनेरुलाई नगद राशी ५० हजार सहित सम्मान पत्र प्रदान गरिएको थियो ।

त्यसैगरी आर्थिक क्षेत्रमा कलम चलाउने अन्नपूर्ण पोष्ट दैनिककी आर्थिक पत्रकार ममता थापालाई यस वर्षको आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो जसमा नगद राशी ५० हजार र सम्मान पत्र रहेको थियो । उक्त पुरस्कार डा. हरिहरदेव पन्त फाउण्डेसनका अध्यक्ष जनार्दन देव पन्तले प्रदान गर्नुभएको थियो ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]