Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकद्धारा बाग्मती प्रदेशको आर्थिक अध्ययन प्रतिवेदन सार्वजनिक (पूर्ण पाठसहित)

२०७८ भाद्र २० गते

बैंकिङ खबर । नेपाल राष्ट्र बेंकले बाग्मती प्रदेशको आर्थिक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । मुलुकको शासकीय स्वरुप संघीय संरचनामा रुपान्तरण भएपश्चात् केन्द्रीय बैंकको भूमिकालाई थप प्रभावकारी बनाउन २०७६÷२०७७ देखि ७७ वट ैजिल्लाहरुलाई समेटी आर्थिक गतिविधि अध्ययन प्रतिवेदन तयार गर्न थालिएको राष्ट्र बैंकले जनाइएको छ । कार्यक्षेत्र विस्तारसँगै आर्थिक गतिविधि अध्ययन एवम् प्रतिवेदन प्रकाशन सम्बन्धी कार्यलाई व्यवस्थित गर्न अवलम्बन गरिएको मार्गदर्शनमा समसामयिक संशोधन गरी “नेपाल राष्ट्र बैंक आर्थिक गतिविधि अध्ययन मार्गदर्शन, २०७६” कार्यान्वयनमा ल्याइएको छ । उक्त मार्गदर्शन अनुसार बागमती प्रदेशका १३ वटै जिल्लाहरु (काठमाडौं, मकवानपुर, ललितपुर, भक्तपुर, नुवाकोट, रसुवा, धादिङ्ग, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली, दोलखा, रामेछाप र चितवन) को समग्र आर्थिक तथा वित्तीय अवस्थालाई समेटी यो प्रतिवेदन तयार पारिएको छ ।

Ad