दुई ठुला लघुवित्त मर्जरमा : वोमी र सुर्योदय मर्ज हुने


Bankingkhabar /September 1, 2021

बैंकिङ खबर। दुई ठुला राष्ट्रिय स्तरका लघुवित्तबीच मर्जर हुने भएको छ । वोमी लघुवित्त वित्तीय संस्था र सुर्योदय लघुवित्त वित्तीय संस्था मर्जर हुने भएका हुन् । यी दुवै संस्था राष्ट्रिय स्तरका हुन् । दुइबीच काठमाडौँमा गाभ्ने गाभिने सम्झौतामा हस्ताक्षर भएको छ । हाल वोमी लघुवित्तको केन्द्रिय कार्यालय काभ्रेको बनेपामा र सुर्योदय लघुवित्तको केन्द्रिय कार्यालय स्याङजामा रहेको छ । वोमी लघुवित्तको चुक्ता पुंजी ४१ करोड १९ लाख तथा सुर्योदय लघुवित्तको चुक्ता पुंजी २४ करोड ८० लाख रुपैयाँ रहेको छ । सम्झौता अनुसार मर्जरपछि बन्ने संस्थाको नाम सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था हुने छ । मर्जर प्रक्रिया टुंगोमा पुर्याउन संयुक्त मर्जर कमिटि गठन गरिएको छ । संयुक्त मर्जर कमिटिमा वोमीको तर्फबाट कृष्णराज सिलवाल, नरेन्द्र प्रसाई, र शिवप्रसाद मिश्र रहेका छन् भने सुर्योदयको तर्फबाट अनन्त कुमार श्रेष्ठ, गुडाखर सापकोटा र एक बहादुर गोदार रहेका छन् । पछिल्लो समय लघुवित्तहरु मर्जर हुने क्रम बढ्दो छ ।


सोसिअल मेडिया