August 31st, 2021

मेरो माइक्रोफाइनान्सद्धारा लघुवित्त ब्यवस्थापन सम्बन्धी तालिम प्रदान

मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले आफ्ना कर्मचारीहरुका लागि लघुबित्त ब्यवस्थापन सम्बन्धी २ दिने  तालिम प्रदान गरेको छ ।  भाद्र १४ र १५ गते संस्थाका नवप्रबेशी कर्मचारीहरुलाई त्यस्तो तालिम प्रदान गरिएको हो । कर्मचारीहरुलाई संस्था तथा लघुबित्त सम्बन्धी कामहरु तथा नीति–नियमको बारेमा जानकारी दिने, सिकाउने तथा अभिमुखीकरण गराउने उद्देश्यले तालिम दिइएको संस्थाले जनाएको छ । 
२ दिने कार्यक्रमको समापनको  अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले कर्मचारीहरुलाई हौसला प्रदान गर्नुका साथै यस किसिमको तालिमले कर्मचारीहरुको कार्यकुशलता बढ्ने बताए । उहाले यस्ता तालिमबाट आफूले सिकेको कुरा प्रयोगमा ल्याई कर्मचारी स्वयंको तथा संस्थाको दिगो विकासमा योगदान पुग्ने बताए । कार्यक्रममा सहभागी कर्मचारीहरुले उक्त तालिमबाट लघुबित्त सम्बन्धि जानकारी हासिल गर्नुका साथै काम गर्ने हौसला समेत  प्राप्त भएको बताएका थिए । मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था नुवाकोटको बट्टारमा केन्द्रिय कार्यालय रहि देशका ६४ जिल्लामा १५० शाखा कार्यालयमार्फत १ लाख ४१ हजार घरपरिवारहरुलाई लघुबित्तिय सेवा प्रदान गरिरहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]