नेपाल राष्ट्र बैंकले सोमबार १ अर्ब २२ करोड ८२ लाख रुपैयाँ बराबरको ट्रेजरी विल विक्रि गरेको छ । राष्ट्र बैंकले ९१ दिने अवधिको २२ करोड ८२ लाख रुपैयाँ बराबरको र ३६४ दिने अवधिको १ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्रि गरेको हो । ९१ दिने अवधिको ट्रेजरी बिल आगामी मंसिर १४ गते परिपक्व हुनेछ भने ३६४ दिने अवधिको ट्रेजरी बिल ०७४ साल भदौ १३ गते परिपक्व हुनेछ । जसअनुसार, ९१ दिने ट्रेजरी खरिद गर्नेको सावाँ भदौ १३ गते फिर्ता हुनेछ भने ३६४ दिने अवधिको ट्रेजरी खरिद गर्नेको सावाँ आगामी वर्षको भदौ १३ गने फिर्ता हुनेछ । राष्ट्र बैंकले सरकारका लागि आवश्यक ऋण उठाउनका लागि समयसमयमा ट्रेजरी बिल जारी गर्ने गर्दछ ।


