ग्लोबल आइएमई लघुवित्तले ९० लाख ब्याज छुट दियो


Bankingkhabar /August 30, 2021

बैकिङ खबर । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले विश्वव्यापी फैलिएको कोभिड–१९ (कोरोना) भाइरस महामारीले सम्पूर्ण क्षेत्र पेशा, व्यवसायी प्रभावित भएको परिस्थितिलाई मध्यनजर गरेर आफ्ना सम्पूर्ण सदस्यहरुलाई राहतस्वरुप ९० लाखसम्म ब्याज छुट दिएको छ ।

विजयपुरमा केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आफ्ना ऋणी सदस्यहरुलाई करिब ९० लाख बराबरको ब्याज रकम छुट प्रदान गरेको जनाएको छ ।
यस बिषम परिस्थितिमा वित्तीय संस्थामा आवद्ध ऋणी सदस्यहरुलाई राहत स्वरुप संस्थाले १० (दश) प्रतिशत ब्याज छुट प्रदान गरेको हो । वित्तीय संस्थाको हाल देशभर ११२ वटा शाखा कार्यालयहरु, १,२८,५०३ जना ग्राहक सदस्यहरु र लगानीमा रहिरहेको कर्जा रकम ६ अर्ब ५६ करोड रहेको छ ।


सोसिअल मेडिया