बैंकिङ खबर । प्रतिनिधिसभा अन्तर्गतको संसदीय समितिले शेयर बजारमा धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीले अनुचित चलखेल गरेको भन्दै सत्यतथ्य छानविन गरि आवश्यक कारबाही गर्न माग गरेको छन् । शुक्रबार अर्थसमितिमा भएको छलफलमा अर्थमन्त्री जनार्दन शर्मासँग समितिले धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सीईओलाई निलम्बन गरी कारबाही गर्न माग गरेका हुन् । सर्वोत्तम सिमेन्टको सेयरमा धितोपत्र बोर्ड अध्यक्ष भीष्मराज ढुंगाना, नेप्से अध्यक्ष चन्द्रसिंह साउद र नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्ना परिवारका सदस्यको नामबाट सर्वोत्तम सिमेन्टको संस्थापक सेयर किनेको समाचार बाहिरिएपछि समितिले सत्यतथ्य छानविन गर्न माग गरेको हो ।
क्यापिटल मार्केट
धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सीईओलाई निलम्बन गरी कारबाही गर्न सांसदको माग
२०७८ भाद्र ४ गते