
बैंकिङ खबर । नेपाल स्टक एक्सचेञ्जका कार्यकारी निर्देशक चन्द्रसिंह साउदले सर्वोत्तम सिमेन्टको शेयर प्रकरणका सम्बन्धमा संसदीय समितिले उठाएको प्रश्नलाई स्वीकारेका छन् । बैठकमा नियमन निकाय स्टक एक्सचेञ्जका अधिकारी नै र परिवार नै कारोवारमा संलग्न भएकाले शेयर बजारको काम कारवाहीको निष्पक्षतामाथि नै प्रश्न उठेको भन्दै सांसदहरुले ध्यानाकर्षण गराएका थिए । निर्देशक साउदले जवाफमा भने ‘नियम कानूूनको पालना गर्दै काम गरेको बताए । उनले त्यसमा प्रवेश नगरेको भए पनि उचित हुुन्थ्यो भन्ने महसुस भएको बताए। यस्तै उनले आगामी दिनमा यस्तो नहुने बताएकाछन् ।
क्यापिटल मार्केट
सर्वोत्तम सिमेन्ट शेयर प्रकरण : नेप्सेका निर्देशक साउदद्वारा गल्ती स्वीकार
२०७८ श्रावण ३२ गते